काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।
‘किन अहिलेसम्म दुई महिनाअगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।
साथै, सांसद साहले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने योभन्दा बिडम्बना के हुन्छ ? भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति रहेको बताए ।
‘बैंकरहरूको मनमानीका कारण आज बैंकहरू अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइराखेको छैन भने अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति छ,’ उनले प्रश्न गरे, ‘जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने योभन्दा बिडम्बना के हुन्छ ?’
Facebook Comment
Comment