अटोरिक्साको ठक्करबाट बालकको मृत्यु

नेपालभ्युज

अटोरिक्साको ठक्करबाट बालकको मृत्यु
सांकेतिक तस्वीर

डडेल्धुरा । आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो । बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो ।

विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोरिक्साका चालक भने फरार छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved