भारत-पाकिस्तानबीचको बढ्दो तनावप्रति नेसपाको चासो, आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता

नेपालभ्युज

भारत-पाकिस्तानबीचको बढ्दो तनावप्रति नेसपाको चासो, आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र पाकिस्तानबीचबो बढ्दो तनावप्रति  गम्भीर चासो व्यक्त गरेको छ ।

नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले बिहीबार एक विज्ञप्तिमा जारी गर्दै जुनसुकै प्रकृतिको आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता जनाउने जानकारी दिएका हुन् ।

गत मङ्गलबार (२२ अप्रिल) मा पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपाने सहित दुई दर्जनभन्दा बढी निर्दोष पर्यटकहरूको ज्यान गएको थियो ।

‘भारत र पाकिस्तानबिच बढ्दो तनाव गम्भीर चासोको विषय हो र यसले दक्षिण एसियाको दीर्घकालीन शान्तिमा खतरा उत्पन्न गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा दुवै मित्र राष्ट्रहरू तथा सार्क सदस्यहरू भारत र पाकिस्तान—लाई अधिकतम संयम अपनाउन र आपसी समस्यालाई सैन्य बलबाट नभई कूटनीतिक प्रयास तथा शान्तिपूर्ण माध्यमद्वारा समाधान खोज्न विशेष अपिल गर्दछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved