भारत-पाकिस्तान तनावबारे माओवादी केन्द्रका नेताहरू विभाजित

नेपालभ्युज

भारत-पाकिस्तान तनावबारे माओवादी केन्द्रका नेताहरू विभाजित

काठमाडौं । भारत-पाकिस्तानको तनावलाई लिएर नेकपा माओवादी केन्द्रका दुई नेताको मत विभाजित भएको छ ।

पार्टीका महासचिव देव गुरूङ र उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा फरक-फरक धारणा सार्वजनिक गरेका हुन् ।

गुरुङले पहलगामको आक्रमण कसले गरेको निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने बताउँदा शर्माले भारतले पाकिस्तानमाथि गरेको सैन्य कारबाहीलाई सही ठहर गरेका छन् ।

गुरुङले लेखेका छन्, “निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नैपर्छ । तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।”

सैन्य कारबाही बन्द गरी दुवै मुलुकबीचमा संवाद गरिनुपर्ने उनको मत छ ।

यता, उपमहासचिव शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताउँदै भारतको पक्षमा मत दिए । ‘भारतले आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’ उनले लेखेका छन् ।

मंगलबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved