काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन संवाद भएको छ ।
उनले भारतले गरेको आक्रमणमा मारिएकाहरूका लागि टर्किएले गरेको प्रार्थनाको कदर गर्ने बताए ।
शरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस महत्वपूर्ण समयमा पाकिस्तानलाई टर्कीको ऐक्यबद्धता र समर्थनका लागि उहाँ (एर्डोगन)लाई धन्यवाद !’
दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्किएले गरेको प्रयासका लागि पाकिस्तान आभारी रहेको उनले बताएका छन् ।
‘हामी हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको कुनै पनि हालतमा रक्षा गर्नेछौं । दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्किएले गरेको प्रयासका लागि पाकिस्तान आभारी छ,’ उनले भनेका छन् ।
मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि टर्किएको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो ।
भारत र पाकिस्तानबीचको जारी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उसले भनेको थियो, ‘हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनहरूमाथि आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिने छ ।’
विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न अपील गरिएको छ र टर्कीले पहलगाम आक्रमणको अनुसन्धानको लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि भनिएको छ।
Facebook Comment
Comment