काठमाडौं । भारतीय सेनाको हवाई आक्रमणबाट मृत्यु हुने पाकिस्तानीको संख्या ३१ पुगेको छ ।
मङ्गलबार रातिको आक्रमणबाट बिहीबार बिहानसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको र दर्जनौँ मानिस घाइते भएको पाकिस्तानी सैनिक अधिकारीहरूले बताएका छन् ।
पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।
साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।
यता भारतीय पक्षमा पनि क्षति पुगेको छ । भारत प्रशासित कश्मीरतर्फ एक सैनिकसहित कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।
भारतले यही वैशाख ९ मा जम्मू–कश्मीरमा भएको सर्वसाधारणमाथिको आक्रमणको दोष पाकिस्तानलाई दिएको छ । जसको पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।
पहलगाममा भएकाे उक्त घटनामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यहाँ हिन्दू पहिचान भएका पर्यटकलाई लक्षित गर्दै आक्रमण भएको थियो ।
कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु
Facebook Comment
Comment