आईपीएल

पुछारमा रहेको चेन्नईसँग हार्‍यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना

नेपालभ्युज

पुछारमा रहेको चेन्नईसँग हार्‍यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना

काठमाडौं । कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्ससँग पराजित भएको छ ।

घरेलु मैदान इडेन गार्डेनमा चेन्नईसँग २ विकेटले पराजित भएसँगै कोलकाताको प्ले अफ सम्भावना कठिन बनेको छ ।

शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउनुपर्ने प्रावधान छ । यस्तोमा कोलकाता १० टोली सम्मिलित प्रतियोगिताको छैटौँ स्थानमा सीमित छ । कोलकाताले ११ अंक जोडेको छ । यो हारसँगै उसको प्ले अफ यात्रा अब गणितीय आधार मात्र बाँकी छ । किनकि अब कोलकाताले २ खेल मात्र खेल्न बाँकी छ ।

तेस्रो जित हासिल गरेको चेन्नईले ६ अंक बनाएको छ । यद्यपि चेन्नई प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको छ ।

अंक तालिका :

बुधबार राति जितका लागि १८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो ।

ओपनर आयुष महतरा र डेभोन कनवे ० मा आउट भए । यसपछि उर्भिल पटेल ३१, रविचन्द्र आश्विन ८ र रवीन्द्र जडेजा १९ रनमा पबिलियन फर्किए । यस्तो अवस्थामा ५ विकेटको नोक्सानीमा चेन्नईले ६० रन मात्र जोडेको थियो ।

यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबेले छैटौं विकेटका लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासे । अर्धशतक बनाएका ब्रेभिसले २५ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ८ बलबाट १० रन चाहिँदा क्रिजमा टिकेका शिवम ४४ रनमा आउट भए ।

त्यसपछि अंशुल कम्बोजले अन्तिम ६ बलमा जितका लागि ८ रन चाहिँदा अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै जितलाई सहज बनाए । महेन्द्रसिंह धोनीले अविजित १७ र अंशुलले अविजित ४ रन बनाएर चेन्नईलाई जित दिलाए ।

कोलकाताका लागि वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । कप्तान अजिक्य राहणेले सर्वाधिक ४८ रन जोडे । उनले ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे । यसैगरी सुनिल नारायणले २६ रन बनाए ।

चेन्नईका नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved