काठमाडौं । आर्सनललाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई २–० गोलअन्तरले हराएको हो ।
पहिलो लेगमा पीएसजी १–० गोलले अघि थियो । यससँगै समग्रमा उसले ३–१ को जित हासिल गरेको छ ।
यससँगै आर्सनलको सनसनीपूर्ण यात्रा सेमिफाइनलबाट टुंगिएको छ ।

पीएसजीले खेलको २७ औँ मिनेटमा नै फाबियन रुइजको गोलमा अग्रता लिएको थियो । यसपछि आचरफ हकिमीले ७२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।
बुकायो साकाले ७६ औँ मिनेटमा गोल गरेर आर्सनललाई खेलमा फर्काउने कोसिस गरे । तर थप गोल हुन नसकेपछि खेल पीएसजीले जितेर फाइनल निश्चित गर्यो ।
अब पीएसजीले इटालियन क्लब इन्टर मिलानसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल जर्मनीको म्युनिखमा मे ३१ मा हुनेछ । इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई हराएर फाइनल पक्का गरेको हो ।
इन्टर च्याम्पियन्स लिगको तीन पटकको विजेता हो भने पीएसजी पहिलो उपाधिको खोजीमा छ ।
बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा
Facebook Comment
Comment