भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेनाले पायो अनुमति

नेपालभ्युज

भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेनाले पायो अनुमति

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको कार्यालयले देशका सशस्त्र बललाई “प्रत्युत्तरात्मक कारबाही” गर्न अनुमति दिएको छ ।

द गार्जियन न्युजका अनुसार भारतले बुधबार मध्यरात पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा आक्रमण गरेपछि यस्तो अनुमति दिइएको हो । यो हमला पछिल्लो दशकको सबैभन्दा गम्भीर सैन्य झडप मानिएको छ ।

पाकिस्तानी अधिकारीका अनुसार भारतको आक्रमणमा कम्तीमा ९ स्थानहरू लक्षित गरिएका थिए र तीमध्ये कुनै पनि आतङ्कवादी शिविर नभएको दाबी गरिएको छ । आक्रमणमा २६ जना पाकिस्तानी सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको पाकिस्तान सेनाले जनाएको छ ।

पाकिस्तानले ५ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ, तर भारतको रक्षा मन्त्रालयले यसको पुष्टि गरेको छैन ।

भारतको तर्फबाट विदेश सचिव विक्रम मिश्रीले जानकारी दिँदै भने, “पाकिस्तानमा आधारित आतङ्ककारी समूहहरू भारतमा थप आक्रमण गर्न सक्ने खुफिया जानकारी प्राप्त भएकोले अग्रिम रूपमा आवश्यक सतर्कताका साथ कारबाही गरिएको हो ।”

भारतले जईश-ए-मोहम्मद (JeM) र लश्कर-ए-तैयबा (LeT) नामक इस्लामी आतङ्ककारी समूहहरूको पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved