६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार

नेपालभ्युज

६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

बुधबार नेप्से परिसुचक ६२.२५ अङ्क बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । आज नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved