भारतको आक्रमणबाट जैश-ए-मोहम्मदका प्रमुख अजहरको परिवारका १० सदस्य मारिए

नेपालभ्युज

भारतको आक्रमणबाट जैश-ए-मोहम्मदका प्रमुख अजहरको परिवारका १० सदस्य मारिए
मसुद अजहर

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।

यसको जानकारी अजहर आफैँले दिएको बीबीसी उर्दूको समाचारमा उल्लेख छ ।

साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।

अजहर भारतको संसददेखि मुम्बईसम्ममा आक्रमणमा संग्लग्न व्यक्ति हुन् ।

सन् २०१९ मा अजहरलाई विश्वव्यापी आतङ्कवादीको रूपमा घोषणा गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved