काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको सैन्य कारबाही ‘अपरेसन सिन्दुर’ लाई लिएर कडा आपत्ति जनाएको छ । मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकता र यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा उत्पन्न खतरा’ बारे जानकारी दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सूचित गरिएको छ कि पाकिस्तानले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ मा उल्लिखित आत्मरक्षाको अधिकारअनुसार आफ्नो समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने अधिकार राख्छ ।’
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पाकिस्तान भारतको आक्रामकताको कडा निन्दा गर्छ, जुन पाकिस्तानको सम्प्रभुता, संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो ।’
भारतले गए राति पाकिस्तानका ९ स्थानमा एयर स्ट्राइक गरेको छ ।
Facebook Comment
Comment