राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ

नेपालभ्युज

राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले शहीद घोषणा गरिदिनुपर्ने ? भन्दै प्रश्न गरे ।

साथै उनले पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले शहीद घोषणा गरेका थिए भन्दै प्रश्न पनि गरे । ज्ञानेन्द्रको शासन आए मात्र शहीद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घटनामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘चैत्र १५ गतेको राजावादीको सत्ताविरुद्धको आन्दोलन हो । उनीहरुले सरकारविरुद्धमा अराजकता फैलाए । गणतन्त्र समाप्त पार्न लागेका छन् । लोकतन्त्रका विरुद्धमा राजा ल्याउँछु भन्दै गरिएको आन्दोलनमा मान्छे मर्‍यो । आन्दोलनमा यस्ता घटना त हुन्छ । त्यसलाई शहीद घोषणा गर्नुपर्‍यो भनेर आन्दोलनकारी वा विरोधीहरु र गणतन्त्रवादीहरुले पनि भन्दै छन् । राजावादीको आन्दोलनमा जाने अनि त्यसलाई लोकतन्त्रवादीले शहीद घोषणा गरिदिन पर्ने, पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले शहीद घोषणा गरे ? राजा ज्ञानेन्द्रको शासन आयो भने उसले शहीद घोषणा गर्ने हो, हामीले गर्ने होइन ।’

त्यस्तै, उनले अहिले मुलुकमा खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको बताए । खोज पत्रकारितामा विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved