लगातार पाँच दिनको गिरावटपछि नेप्सेमा सुधार

नेपालभ्युज

लगातार पाँच दिनको गिरावटपछि नेप्सेमा सुधार
प्रतीकात्मक तस्वीर

काठमाडौं । लगातारको पाँच दिनको गिरावटपछि मङ्गलबार सेयर बजारमा सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.०३ अङ्कले बढेर २६११.४३ बिन्दुमा पुगेको छ । बजार वैशाख १५ गतेदेखि निरन्तर घटिरहेको थियो ।

नेप्सेमा सामान्य वृद्धि देखिए पनि आज लगानीकर्ताले गर्ने कारोबारमा भने करिब एक अर्बको सुधार देखिएको छ । आज ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।

नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved