युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै विमानस्थल बन्द

नेपालभ्युज

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै विमानस्थल बन्द
सर्गेई सोब्यानिन

काठमाडौं । युक्रेनले रुसको राजधानी मस्कोलाई लक्षित गर्दै सोमबार रातभर ड्रोन आक्रमण गरेको छ ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममार्फत यो दाबी गरेको हो । ‘सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ,’ उसले भनेको छ ।

कम्तीमा १९ वटा युक्रेनी ड्रोन ‘विभिन्न दिशाबाट’ सहर पुग्नुअघि नै नष्ट गरिएको मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘नष्ट गरिएको ड्रोनको केही भग्नावशेष सहरतिर जाने प्रमुख राजमार्गहरूमध्ये एकमा खसेको थियो, तर कुनै हताहतीको घटना भएन,’ उनले भनेका छन् ।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । तर युक्रेनी सहर खार्किभका मेयरले भने रुसले रातारात सहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved