इजरायलले हमासलाई ‘कडा कारबाही’ गर्ने, लक्ष्य गाजा ‘कब्जा’

२१ लाख मानिसलाई अन्यत्र सारिने

नेपालभ्युज

इजरायलले हमासलाई ‘कडा कारबाही’ गर्ने, लक्ष्य गाजा ‘कब्जा’

जेरुसेलम । इजरायलले प्यालेस्टिनी समूह हमासलाई कडा कारबाही गर्ने योजना अघि सारेको छ । आफ्नो लक्ष्य अब गाजा ‘कब्जा’ गर्ने रहेको इजरायलले स्पष्ट पारेको छ ।

यसका लागि इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हमासविरुद्धको सैन्य आक्रमण बिस्तार गर्ने योजनालाई अनुमोदनसमेत गरेको छ ।

एक इजरायली अधिकारीका अनुसार यसमा गाजा ’कब्जा’ गर्नु पनि समावेश छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रिपरिषद्मार्फत हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकलाई उद्धार गर्न ‘कडा कारबाही’ सुरु गर्ने निर्णय गरेको ती अधिकारीले बताए ।

गाजाका २१ लाख मानिसलाई ‘सुरक्षाका लागि’ अन्यत्र सारिने इजरायली योजना छ ।

मन्त्रिपरिषद्ले निजी कम्पनीहरूमार्फत सहयोग प्रदान गर्ने योजनालाई पनि सैद्धान्तिक स्वीकृति दिएको छ ।

यसले गाजामा दुई महिनादेखि जारी नाकाबन्दीको अन्त्य गर्नेछ । संयुक्त राष्ट्रसङ्घले गाजामा खाद्यान्नको गम्भीर अभाव भएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved