पुलिसलाई पराजित गर्दै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

नेपालभ्युज

पुलिसलाई पराजित गर्दै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिमले पोखरामा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टिमले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टिमले उपाधि जितेकाे हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।

उपाधि विजेता इरानी टिमले ट्रफीसहित रु चार लाख ४४ हजार ४४४ प्राप्त गर्यो । उपविजेता नेपाल पुलिस क्लबले रु दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो । सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ४४ हजार ४४४ हात पार्यो ।

तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेटमा २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो ।

विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले ट्रफी र पुरस्कार प्रदान गरेका थिए । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगितामा छ टिमले सहभागिता जनाएका थिए । –रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved