एमाले संसदीय दलको बैठक १ बजे बस्दै

नेपालभ्युज

एमाले संसदीय दलको बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने बताइएको छ ।

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved