एमाले संसदीय दलको बैठक बालुवाटारमा

नेपालभ्युज

एमाले संसदीय दलको बैठक बालुवाटारमा

काठमाडौं । नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।  बैठक शनिबार दिउँसो १ बजे बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटमाथि संसद्मा हुने छलफलबारे नेताहरूले सांसदहरूलाई जानकारी गराउने बताइएको छ ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने र सरकारका नीति तथा कार्यक्रमलाई कसरी समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved