एमाले महासचिव पोखरेल र भाजपा विदेश विभाग प्रमुखबीच भेट

नेपालभ्युज

एमाले महासचिव पोखरेल र भाजपा विदेश विभाग प्रमुखबीच भेट

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच बत्तीसपुलतीस्थित द्वारिका होटलमा शुक्रबार भेट भएको एमाले स्रोतले जनाएको छ ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका चौथाइवालले दर्जनभन्दा बढी नेतालाई भेटिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved