काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही विषय समेटिएका छन् ।
शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई एकीकृत गर्नेदेखि बीमा बोर्डको पुनर्संरचनासम्मका विषयहरू समेटिएको हो ।
नीति तथा कार्यक्रममा समेटिएका बीमा क्षेत्रका १० विषय
- स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गर्ने ।
- स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने ।
- गम्भीर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने ।
- बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गर्ने ।
- बीमा प्रणाली माथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरू बीमा प्रणालीमा जोड्ने ।
- बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने, भौतिक सम्पत्ति बीमा प्रवर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने ।
- ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
- परियोजना बीमामार्फत आकस्मिक क्षतिबाट रक्षा, समर्थन मूल्य आधारित अग्रिम कृषि उपज खरिद सम्झौता गरी व्यावसायिक जोखिमको सम्बोधन गर्ने ।
- कृषि बीमाको दायरा विस्तार गर्ने ।
- मानव, वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने ।
Facebook Comment
Comment