स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुने

नेपालभ्युज

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।

स्वास्थ्य सेवालाई सुलभ तथा पहुँचयोग्य बनाउने गरी स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने भएको हो ।

सरकारले अब सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ । स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved