काठमाडौं । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेस गरेका छन् ।
शुक्रबार बसेको संसदको संयुक्त बैठकमा पेस नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
उनले भने, ‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी–कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’
त्यस्तै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए ।
उनले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’
आर्थिक वर्ष २०८२।०८३ का लागि सरकारकाे नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिरहेका छन् ।
Facebook Comment
Comment