भारतीय विदेश मन्त्रालयले भन्यो – प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको छ

नेपालभ्युज

भारतीय विदेश मन्त्रालयले भन्यो – प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको छ

काठमाडौं । भारतीय विदेश मन्त्रालयले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ ।

साहको परिवारप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको जानकारी पाउनेबित्तिकै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

साथै, ओडिशा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र घटनाको विस्तृत अनुसन्धान ओडिशा प्रहरीले गरिरहेको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ । नेपाल सरकार, ओडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ ।”

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved