शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ : उपाध्यक्ष घिमिरे

नेपालभ्युज

शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ : उपाध्यक्ष घिमिरे
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने धारणा राखेकी छन् ।

लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताएका हुन् ।

“एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधि सभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ”, उनले भनिन्, “प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई दलहरुको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।”

उनले महत्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरेकी छन् । उनले थपिन्, “प्रतिनिधि सभाले शिक्षा र निजामतीलगायका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयकहरु राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ ।”

उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved