मकवानपुरमा रुखले थिचेर एक जनाको मृत्यु

नेपालभ्युज

मकवानपुरमा रुखले थिचेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ।

मकवानपुरगढी-७ सुकौरामा बिहीबार दिउँसो स्थानीय रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय राम राईको थिचिएर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

रुखले थिचेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved