दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

नेपालभ्युज

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
सांकेतिक तस्वीर

काठमाडौं । कैलालीको जानकी गाउँपालिका-३ स्थित डुडेझारी सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। वडा कार्यालय अगाडि बुधबार दिउँसो से ५ प २६६० र सुपप्र ०१०१२ प ८०७५ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ का १९ वर्षीय राकेश परियारको नेपालगञ्जस्थित सेवा नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। उनी से ५ प २५६० नम्बरको मोटरसाइकल चालक थिए।

अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

मोटरसाइकलमा पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved