रेशमलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र आधिकारिक होइन

नेपालभ्युज

रेशमलाई थुनामुक्त गर्न सर्वोच्चको पत्र, भन्यो – शाखा अधिकृतको पत्र आधिकारिक होइन

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ ।

सर्वोच्चका सह-रजिष्ट्रार अच्युत कुइँकेलले दुई वटा विज्ञप्ति जारी गर्दै यसअघि शाखा अधिकृत महिमानसिंह विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न भनि काटेको पत्र अनधिकृत भएकोसमेत स्पष्ट पारेका छन् ।

“यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्ध निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।” विज्ञप्ति भनिएको छ ।

चौधरीलाई थुनामुक्त गर्न भनिएको विज्ञप्तिमा उल्लेख छ, “यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविसवडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।”

विष्ट अहिले प्रहरीको नियन्त्रणमा छन् । विष्टसँग बयान लिइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved