‘कोशी लगानी सम्मेलन’को तयारी पूरा, यी देशका लगानीकर्ता सहभागी हुँदै

नेपालभ्युज

‘कोशी लगानी सम्मेलन’को तयारी पूरा, यी देशका लगानीकर्ता सहभागी हुँदै

विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही वैशाख १९ गते सम्पन्न हुने जनाइएको छ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ ।

प्राधिकारका कार्यकारी निर्देशक डा सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ अनुमान रहेको जानकारी दिए । उनले लगानीका लागि आठ क्षेत्रका परियोजनामा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आइटी सेवालगायतका क्षेत्रका परियोजना तयार गरिएको बताए ।

सम्मेलनमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरूले सहभागी हुने जनाइएको छ । लगानी सम्मेलनमा विभिन्न छ वटा विषय कृषि, पर्यटन, औद्योगिक उत्पादन, बजारीकरण, पूर्वाधार विकास, ऊर्जा र स्वास्थ्य सेवा एवं मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा छलफल हुने र यसलाई सार्थक एवं नतिजामुखी बनाउन सबैको साथ सहयोगको अपेक्षा रहेको कार्यकारी निर्देशक डा कोइरालाले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनको सफलतापछि प्रदेशमा रोजगारी अभिवृद्धि हुने र राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे । उनले लगानी सम्मेलनमा बाधक बन्ने कानुनहरूलाई संशोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved