बढुवा भएका ६ एआईजीको पदस्थापन, सीआईबी प्रमुखमा खापुङ

नेपालभ्युज

बढुवा भएका ६ एआईजीको पदस्थापन, सीआईबी प्रमुखमा खापुङ

काठमाडौं । भर्खरै बढुवा भएका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन भएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट डीआईजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरिएको थियो।

गृहमन्त्रालयले गरेको पदस्थापन अनुसार, एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। यसैगरी, एआईजी लालमणि आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा र एआईजी कृष्णहरि शर्मा पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा पदस्थापन गरिएको छ ।  बढुवा ११ वैशाखदेखि नै लागू हुने निर्णय भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved