घट्यो सेयर बजार

नेपालभ्युज

घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर २६३५ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३११ कम्पनीका ६६ हजार २६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ रहेको छ ।

५७ कम्पनीका सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । आज सानिमा माई हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved