वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

नेपालभ्युज

वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी. कोइराला राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ।

मन्त्रीस्तरीय निर्णय अनुसार, वी.पी. कोइराला राष्ट्रिय पुरस्कारका दुवै विधामा दुई-दुई जनालाई प्रदान गरिने भएको छ।

राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई  दुई लाख रुपैयाँ राशिको यो पुरस्कार अन्तर्गत उनीहरु दुवैलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, साहित्य विधामा पाँचथरका तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई वी.पी. कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। यो विधाको पुरस्कार राशि पनि दुई लाख रुपैयाँ रहेको छ र उनीहरूलाई पनि जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।

यस्तै, मन्त्रालयले योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बर्दियाकी डा. नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको छ। एक लाख रुपैयाँ राशिको यो पुरस्कार मन्त्रालयको वैशाख ७ गतेको निर्णय अनुसार प्रदान गरिने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved