काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग पार्टी एकताको अन्तिम तयारीमा रहेको जनमत पार्टीले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक साँझ ६ बजे बस्ने प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
जनमत पार्टी र नाउपाबीच भोलि बुधबार काठमाडौंमा पार्टी एकता घोषणा सभा आयोजना हुँदैछ। प्रवक्ता यादवका अनुसार एकता घोषणा कार्यक्रम बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ।
लामो समयदेखि पार्टी एकताको प्रयासमा रहेका यी दुई दलले अन्ततः भोलि त्यसलाई औपचारिक रूप दिने भएका हुन्। जनमत पार्टीले एकता घोषणा कार्यक्रममा आफ्ना केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ।
एकता घोषणाको पूर्वसन्ध्यामा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
Facebook Comment
Comment