साढे १४ अङ्कले घट्यो सेयर बजार 

नेपालभ्युज

साढे १४ अङ्कले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर २६४७ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

सोमबार ३२७ कम्पनीका ७६ हजार ९९८ पटकको कारोबारमा २ करोड ३६ लाख ८९ हजार ०७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ रहेको छ ।

७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये दुई वटा बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल माइक्रोइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नगदी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved