टीआरसीका दुई आयोगमा सम्भावित पदाधिकारीको नामावली सार्वजनिक

नेपालभ्युज

टीआरसीका दुई आयोगमा सम्भावित पदाधिकारीको नामावली सार्वजनिक
सांकेतिक तश्वीर

काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने उद्देश्यले गठित दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले सम्भावित उम्मेदवारहरूको संक्षिप्त नामावली सार्वजनिक गरेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको समितिले १११ जना आवेदकहरूमध्येबाट ३४ जनाको नाम सार्वजनिक गरेको हो।

समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि योग्य उम्मेदवारहरूको सूची तयार पारेको हो। सार्वजनिक गरिएको नामावलीमा विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश छन्।

सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सरकारले यी दुई आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्न लागेको हो। यसअघिका पदाधिकारीहरूले प्रभावकारी काम गर्न नसकेको गुनासोपछि नयाँ सिफारिस प्रक्रिया अगाडि बढाइएको थियो।

पूर्वप्रधानन्यायाधीश मिश्र नेतृत्वको समितिले सार्वजनिक गरेको यो नामावली अब थप अध्ययन र छलफलका लागि सम्बन्धित निकायमा पठाइनेछ। त्यसपछि यी दुई आयोगमा नयाँ पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved