प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

नेपालभ्युज

प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान
फाइल तस्वीर

काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् ।

उनीसँगै सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमार्फत बेलायतका लागि उडेका हुन् ।

प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहनेछन् । यी तीनजना भने एयर इन्डियाको विमानमा भारतको नयाँ दिल्ली हुँदै लन्डन जाँदैछन् ।

बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशसहितको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved