चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

नेपालभ्युज

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-७ प्रेमबस्तीचोकमा गितानगरबाट भरतपुरतर्फ गइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले सोही दिशातर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालिका भरतपुर-६ ईन्द्रपुरी घर भएकी ५२ वर्षीया लक्ष्मी वाग्ले गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved