मकवानपुरमा मोटरसाइकलले ठक्करबाट एक महिलाको मृत्यु

नेपालभ्युज

मकवानपुरमा मोटरसाइकलले ठक्करबाट एक महिलाको मृत्यु
सांकेतिक तस्वीर

हेटौँडा । मकवानपुरको मनहरिमा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरि– ७ लच्का मनहरिबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

ठक्कर दिइ फरार रहेका चालक मन्शु गुरुङलाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मोटरसाइकलसहित मनहरि– ६ प्रतापपुरबाट पक्राउ गरेको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको हालसम्म सनाखत हुन नसकेको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved