काठमाडौंमा गुडिरहेको बसमा आगलागी

नेपालभ्युज

काठमाडौंमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । चन्द्रागिरिमा गुडिरहेको बसमा आगलागी भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा बिहीबार दिउँसो गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा विद्युत्‌ लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved