दानव नदीमा बेपत्ता भएका तीन बालकको शव निकालियो

नेपालभ्युज

दानव नदीमा बेपत्ता भएका तीन बालकको शव निकालियो

काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका तीन बालकको शव भेटिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीन बालक बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव निकालेको हो । उनीहरुको खोजीको लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मङ्गलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो ।

बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved