पूर्वी भारतमा आठ जना सशस्त्र विद्रोही मारिए

नेपालभ्युज

पूर्वी भारतमा आठ जना सशस्त्र विद्रोही मारिए
फाइल फोटो

एजेन्सी । भारतको झारखण्ड राज्यमा सोमबार सुरक्षाकर्मीहरूसँगको भीषण भिडन्तमा कम्तीमा आठ जना सशस्त्र विद्रोही (नक्सल) मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका मध्ये एक विद्रोहीको टाउकोको मूल्य एक करोड भारतीय रुपैयाँ रहेको थियो, जसलाई नक्सल विरुद्धको अभियानमा ठूलो सफलता मानिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट दुईवटा राइफल, केही सैनिक हतियार, एकवटा पेस्तोल र आठवटा देशी बन्दुक बरामद गरेका छन् ।

सुरक्षाकर्मी र विद्रोहीबीचको यो भिडन्त झारखण्ड राज्यको बोकारो क्षेत्रमा सोमबार बिहानै सुरु भएको थियो । भारतका गृहमन्त्री अमित शाहको कार्यालयले यो सफलतालाई नक्सलवाद उन्मूलन अभियानको एक महत्वपूर्ण उपलब्धि भनेर प्रशंसा गरेको छ ।

नक्सलीहरू आफूहरू स्थानीय आदिवासीहरूको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् र उनीहरू विगतका केही दशकदेखि भारतका विभिन्न राज्यहरूमा सक्रिय रहेका छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved