नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रिजाल विजयी

नेपालभ्युज

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रिजाल विजयी

काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा रिजालले नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्का मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचनमा कुल एक हजार ६५३ मत खसेको थियो। अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए। यद्यपि, सचिव र कोषाध्यक्ष पदमा भने नेविसङ्घका उम्मेदवार विजयी भएका छन्।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलले २४ महिनामा २४ ग्यारेन्टी सहित चुनावी प्रचार गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved