रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

नेपालभ्युज

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा
फाइल तस्वीर

काठमाडौं । न्यायाधीश हरि फुयालको इजलासमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको छ । राहदानी दुरुपयोगसम्बन्धी लामिछानेको रिट फुयालले नहेर्ने निर्णय गरेपछि उक्त मुद्दा हेर्ने नमिल्नेमा राखिएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछानेपत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।

उच्च अदालत बुटवलले पुर्पक्षका लागि कारागार पठाउने आदेशपछि लामिछाने हाल रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved