आईपीएल

बैङ्लोरले पञ्जाबसँग लियो अघिल्लो खेलमा भोगेको हारको बदला

नेपालभ्युज

बैङ्लोरले पञ्जाबसँग लियो अघिल्लो खेलमा भोगेको हारको बदला

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

मोहालीमा आइतबार खेलिएको खेलमा बैङ्गलोरले पञ्जाब सात विकेटले पराजित गरेको हो ।

१५८ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १८.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

बैङ्गलोरका लागि विराट कोहलीले ५४ बलमा एक छक्का र सात चौकाको मद्दतले ७३ रन बनाए ।

यस्तै देवदत्त पडिक्कलले केवल ३५ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ६१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको ३३ रन र शशांक सिंहको ३१ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

यही सिजन खेलिएको अघिल्लो खेलमा पञ्जाबले बैङ्गलोरलाई पाँच विकेटले हराएको थियो । उक्त खेल बैङ्गलोर घरेलु मैदानमा खेलिएको थियो ।

आइतबार पञ्जाबलाई उसकै घरेलु मैदानमा हराएर बैङ्लोरले बदला लिएको छ

राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved