राप्रपाको प्रदर्शनलाई लिएर बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

राप्रपाको प्रदर्शनलाई लिएर बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । यसलाई लिएर बिजुलीबजारलगायत क्षेतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो ।

आज पार्टीका नेता–कार्यकर्ताले काठमाडौंका तीन ठाउँमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

भद्रकालीमा जम्मा भएर सिंहदरबार पश्चिम गेट जाने, बिजुलीबजारमा जम्मा भएर संसद् भवन जाने र भाटभटेनी ढुङ्गेधारामा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटार जाने राप्रपाको तयारी छ ।

बिजुलीबजारको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले, बालुवाटारको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीको नेतृत्व विक्रम पाण्डेले गर्नेछन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आजको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने जानकारी दिएका छन् । प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ ।

यता राप्रपाले आज बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले कडा चेतावनी दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा आजै शिक्षकहरूको पनि आन्दोलन भएको थियो । यो आन्दोलन मध्यान्ह १२ बजे अगाडि नै सकिएको थियो ।

तस्वीरहरूमा बिजुली बजार क्षेत्र :

 

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी, सरकारको चेतावनी– तोडे कारबाही हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved