बङ्गलादेशमा हिन्दू नेताको हत्याप्रति भारतको प्रतिक्रिया– अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा

नेपालभ्युज

बङ्गलादेशमा हिन्दू नेताको हत्याप्रति भारतको प्रतिक्रिया– अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा

काठमाडौं । एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको हत्या गरिएको घटनापछि भारतले बङ्गलादेशप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।

भारत सरकारले मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यक नेता भावेशचन्द्र रोयको अपहरण र क्रुर हत्याको बारेमा जानकार छौं र हामी यस घटनाबाट दुःखी छौं ।’

यो घटना त्यहाँको अन्तरिम सरकारको शासनकालमा हिन्दू अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा अनुरुप रहेको भारतको ठहर छ ।

‘यो हत्या त्यहाँको अन्तरिम सरकारको शासनकालमा हिन्दू अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा अनुरुप छ, जबकि पहिलेका यस्ता घटनाका दोषीहरू अझै पनि दण्डित छैनन् र फरार छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच घटनाको विरोधका कोलकातामा प्रदर्शन भएको छ । जहाँ प्रदर्शनकारीहरूले बङ्गलादेशका अल्पसंख्यकहरूको सुरक्षाको माग गरेका छन् ।

बङ्गलादेशका ५८ वर्षीय हिन्दू नेता रोयको शनिबार अपहरण गरी हत्या गरिएको थियो ।

बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved