काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी संविधानको रक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी देशको शान्ति र सुरक्षामा खलल पुर्याउने तत्वहरूप्रति सचेत रहँदै गणतन्त्र पक्षधर शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा समान धारणा देखिएको छ।
बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति थियो। सल्लाहकार खरेलका अनुसार, बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कार्य प्रगतिबारे सामान्य जानकारी आदानप्रदान गरिएको थियो।
Facebook Comment
Comment