नौ दिन आठ रात मनाएपछि सकियो बिस्का जात्रा

नेपालभ्युज

नौ दिन आठ रात मनाएपछि सकियो बिस्का जात्रा

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा शुक्रबार सम्पन्न भएको छ ।

साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्याई गःहिटीबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी (पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी शुक्रबार बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ ।

हात नभएको योसिंद्यलाई छैटौँ दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved