गगन थापाको दाबी– पुँजीवादी व्यवस्था सबैभन्दा उत्कृष्ट आर्थिक प्रणाली हो

नेपालभ्युज

गगन थापाको दाबी– पुँजीवादी व्यवस्था सबैभन्दा उत्कृष्ट आर्थिक प्रणाली हो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि सबैभन्दा उत्कृष्ट पुँजीवादी व्यवस्था रहेको दाबी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित नयाँ वर्ष २०८२ को शुभकामना तथा पात्रो विमोचन कार्यक्रममा उनले पुँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा भएकाले यो व्यवस्था उत्कृष्ट रहेको बताए ।

‘मानव समाजलाई अगाडि बढाउने सन्दर्भमा राजनीतिक प्रणालीका हिसाबले सबैभन्दा उत्कृष्ट प्रणाली लोकतन्त्र हो । अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबमा सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पुँजीवादी आर्थिक व्यवस्था नै हो,’ उनले भने, ‘त्यो पुँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

पूर्वमन्त्रीसमेत रहेका थापाले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने उनको भनाइ थियो ।

‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजी क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पुँजीवादी अर्थ व्यवस्थाभित्र विचौलियाको ठाउँ हुँदैन,’ उनले थपे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved