हेटौँडा अस्पताल विवाद : पक्राउ परेकालाई रिहा गर्ने प्रजिअको आश्वासन

नेपालभ्युज

हेटौँडा अस्पताल विवाद : पक्राउ परेकालाई रिहा गर्ने प्रजिअको आश्वासन

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छिन् ।

प्रदर्शनकारीले जिल्ला प्रशासन (सीडीओ)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजिअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरूको भनाइ छ ।

हेटौँडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै बिहीबार प्रहरीले ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विवाद चर्किदै आएको छ ।

प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई ‘सर्वपक्षीय भेला’ बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ती युवा भित्रै अनसन बसेका थिए ।

हिरासतमा रहेका ६ जनाले नै हेटौँडा अस्पताल जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौँडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।

सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरूलाई अन्तिम समयमा नियन्त्रणमा लिएको थियो । २०७६ असोज २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved